Main News

सरकारमा सबै व्यापारी छन्, शवमाथि पनि व्यापार हुन्छः पूर्वप्रधानन्यायाधीश कार्की (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन ५ गते १३:२६
सरकारमा सबै व्यापारी छन्, शवमाथि पनि व्यापार हुन्छः पूर्वप्रधानन्यायाधीश कार्की (भिडियो रिपोर्टसहित)

५ फागुन २०७९ काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको आरोप लगाउनुभएको छ ।

आज डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले सरकारले शिक्षा, स्वास्थ्यसहितका हरेक कुरामा व्यापार गरिरहेको बताउनु भयो ।

उहाँले शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण अधिकांश आर्थिक स्थिति कमजोर रहेका नेपालीहरुले छोराछोरीहरुलाई अध्ययन गराउन नसकेको बताउनु भयो ।

उहाँले सरकारले दिइरहेको स्कलरसिप र सहुलियत कसले पाउँछ त्यो पनि थाहा नहुने गरी काम भइरहेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले आर्यघाटमा पु¥याइएको शवमाथि पनि व्यापार हुने र जलाउनको लागि चन्दा संकलन गर्नुपर्ने अवस्था समाजमा देखिएको बताउनु भयो ।

पूर्वप्रधानन्यायाधीश कार्कीले शिक्षामा व्यापार हुन्जेलसम्म सामाजिक उत्थान हुन नसक्ने बताउनु भयो ।

उहाँले नागरिकलाई गास, वास र कपासका साथै शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता सरकारले गर्न नसकेको भन्दै राजनीतिक दलहरु एउटा कुर्सीको भिडेर बसिरहेको बताउनुभयो । उहाँले सरकारमा बस्नै सबै व्यापारीहरु रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *