बिदैबिदाले देशको बेहाल, नेपाल विश्वमै बढी विदा हुने देश (भिडियो रिपोर्टसहित)

३ फागुन २०७९ काठमाडौं । सार्वजनिक विदाबारे संधै बहस हुन्छ । यसपटक पनि सार्वजनिक विदा कटौती हुनुपर्ने आवाज उठ्न थालेको छ । फागुन महिनामा झण्डै दुई हप्ता नै सार्वजनीक विदा परेका छन् ।
विभिन्न पर्व, दिवस र शनिबारको विदा जोड्दा फागुनमा सरकारी कर्मचारीले ११ दिन सार्वजनिक विदा पाउने भएका हुन् । यो वर्ष मात्रै १ सय ३६ दिन सार्वजनिक विदा परेको नेपाल विश्वमा सबैभन्दा बढी विदा दिने देशको सूचीमा पहिलो नम्बरमा छ ।
के तपाईंलाई थाहा छ, फागुन महिनामा कति दिन सार्वजनिक विदा छ भनेर रु यो महिना सरकारी कर्मचारीका लागि ११ दिन विदा हुनेछ । फागुन १ गते नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गर्यो । माओवादीजनले सरकारको निर्णयको स्वागत गरे ।
संविधान र शान्ति सम्झौतामा नै उल्लेख नभएको जनयुद्ध दिवसमा विदा दिएको भन्दै कतिपयले यसको विरोध गरे । यसैगरी फागुन ३ गते लुम्बिनी प्रदेशले आफ्नो स्थापना दिवसमा प्रदेशभर सार्वजनिक विदा दिएको छ ।
यस्तै यही महिना ९फागुन० ७ गते प्रजातन्त्र दिवस, ९ गते ग्याल्पो ल्होछार, १५ गते मगर दिवस, २२ गते पहाडमा फागुपूर्णिमा, २३ गते तराईमा फागुपूर्णिमा र २४ गते नारी दिवसमा सार्वजनिक विदा परेका छन् । यसमध्ये मगर दिवस राजपत्रमा प्रकाशित विदा भने होइन् । तर, मगर बाहुल्य रहेका स्थानीय तहले मगर दिवसमा विदा दिने गरेका छन् ।
फागुन महिनाका विदाहरु
गते विदा
फागुन–१ जनयुद्ध दिवस
फागुन–३ लुम्बिनी प्रदेश स्थापना दिवस
फागुन–६ शनिबार
फागुन–७ प्रजातन्त्र दिवस
फागुन–९ ग्याल्पो ल्होछार
फागुन–१३ शनिबार
फागुन–१५ मगर दिवस
फागुन–२० शनिबार
फागुन–२२ फागुपूर्णिमा ९पहाडमा विदा०
फागुन–२३ फागुपूर्णिमा ९तराईमा विदा०
फागुन–२४ नारी दिवस
फागुन–२७ शनिबार
यस्तै यहि महिना ६, १३, २० र २७ गते शनिबारको विदा परेको छ । यसरी एकै महिनामा काम गर्ने दिन र विदा झण्डै बराबर हुँदा धेरैले यसको विरोध गरेका छन् । विकिपिडियाका अनुसार पनि नेपाल सबैभन्दा धेरै विदा दिने देशको सूचीमा पहिलो स्थानमा छ ।
विकिपिडियाले नियमित सार्वजनिक विदा बाहेकका विदाको गणनाका आधारमा यो सूची तयार पारेको हो । विकिपिडियाका अनुसार नेपालले गैर–नियमित विदाबाहेक वार्षिक ३४ दिन सार्वजनिक विदा दिनेगरेको छ । यो विश्वको सबैभन्दा बढी सार्वजनीक विदा हो । विकसित देशहरु, अमेरीका, चीन, बेलायत, क्यानडा लगायताका देशहरुले मुस्किलले वर्षमा १० देखि १२ दिनसम्म विदा दिने गरेका छन् ।
प्रतिक्रिया