Main News

गृहमन्त्री तत्काल नियुक्त गर्न सांसदहरुको दबाब (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन ३ गते १२:५२
गृहमन्त्री तत्काल नियुक्त गर्न सांसदहरुको दबाब (भिडियो रिपोर्टसहित)

३ फागुन २०७९ काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले गृहमन्त्री तत्काल नियुक्त गर्न सरकारलाई दबाब दिएका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा काठमाडौंको नयाँ बसपार्कमा क्षेत्रमा भएको यातायात मजदुर र व्यावसायीहरुको प्रदर्शन र त्यसक्रममा भएको लुटपाट र तोडफोडको घटनालाई लिएर सांसदहरुले गृहमन्त्री नियुक्त गर्न सरकारलाई दबाब दिएका हुन् ।

उक्त घटनाले मुलुकमा गृहमन्त्री नभएको अनुभूत भएको भन्दै सांसदहरूले गृहमन्त्री नियुक्ति गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका थिए । नेपाली कांग्रेसले गोंगबु बसपार्कमा सोमबार भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न पनि माग गरेको छ ।

काठमाडौंको मुटुमा रहेको बसपार्कमा नै त्यस्तो घटना हुँदा शान्ति सुरक्षामाथि प्रश्न उठेको कांग्रेसको टिप्पणी छ ।

यस्तै, सत्तारुढ दल राप्रपाकै सांसदले समेत मुलुकमा गृहमन्त्री नहुँदा शान्ति सुरक्षामाथि प्रश्न उठेको भन्दै तत्काल नियुक्त गर्न सरकारसँग माग गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *