Main News

भद्रगाेल भैंसेपाटी सडक : यस्तो छ बिजोग (भिडियो रिपोर्टसहित)

२०७९ फागुन २ गते २०:४४
भद्रगाेल भैंसेपाटी सडक : यस्तो छ बिजोग (भिडियो रिपोर्टसहित)

२ फागुन २०७९ काठमाडौं । काठमाडौं उपत्यकामा आवासका लागि अधिकांशको रोजाइको स्थान हो भैंसेपाटी ।

ठूला व्यापारिक घरानाका कार्यालयदेखि उच्च पदस्थ व्यक्तिको आवसीय क्षेत्र भैंसेपाटीमा सरकारले मन्त्रीक्वाटर पनि बनायो । तर त्यहाँसम्म पुग्नका लागि मुख्य मार्गका रुपमा रहेको नख्खु( भैंसेपाटी( बुङ्मति सडक ६ वर्षदेखि अलपत्र छ ।

सरकारले भैंसेपाटीमा मन्त्रीका लागि समयमै मन्त्रीक्वाटर निर्माण सम्पन्न गर्‍यो। तर त्यही क्षेत्रका नागरिक र यात्रुले दैनिक आवतजावत गर्ने यो सडकखण्ड भने ६ बर्ष देखि अलपत्र छ ।

ठेकेदार कम्पनीले काम देखाउनकै लागि कहिले ग्रावेल बिच्छ्याउने त कहिले पेटी बनाउने गरे पनि कहिल्यै काम पुरा गरेन् । बुङ्मतिको सोह्रखुट्टेदेखि हेटौंडा जाने चुनिखेल मार्गको अवस्था झनै नाजुक छ ।

यो सडक खण्ड निर्माणका लागि आशिष बिरुवा सिएम जेभी र पप्पु महालक्ष्मी वल्डवाइड जेभीले टेण्डर पाएका थिए । ५ किलोमिटर लम्बाईको यो सडक खण्ड निर्माण सम्पन्न गर्न पछिल्लो पटक चैतसम्मको म्याद थप गरे पनि काम पूरा हुनेमा शंका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *