Main News

जन्मजात मुटु रोगसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक (भिडियो रिपोर्टसहित)

२०७९ फागुन २ गते १६:१६
जन्मजात मुटु रोगसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक (भिडियो रिपोर्टसहित)

२ फागुन २०७९ काठमाडौं । अहिले जन्मजात मुटु रोग सचेतना सप्ताह चलिरहेको छ । सचेतना सप्ताहको अवसरमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले जन्मजात मुटु रोगसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको ५ देखि १५ वर्षका १३ हजार बालबालिकाको मुटु परीक्षण गर्दा १ सय ५५ जनामा मुटु सम्बन्धी समस्या देखिएको शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनले देखाउँछ ।

१ सय ५५ मध्ये १ सय ४६ जनामा जन्मजात मुटु रोग र ९ जनामा बाथ मुटु रोगको समस्या देखिएको छ । १९ सरकारी विद्यालयका ३ हजार २० र निजी विद्यालयका ९ हजार १० जनामा स्क्रिनिङ गरेर मुटुको अवस्थाको विषयमा केन्द्रले प्रतिवेदन सार्वजनिक गरेको हो । सार्वजनिक प्रतिवेदनको निष्कर्ष के हो त रु

बालबालिकामा देखिने समस्या मध्ये जन्मजात मुटुरोग १ नम्बरमा पर्छ । लक्षण नहुँदा पनि जन्मजात मुटुमा समस्या भएको हुन सक्छ । त्यसैले बालबालिकाको मुटुको स्क्रिनिङ समयमै गर्न चिकित्सकको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *