Main News

यातायात मजदुर र सरकारबीच सहमति, यातायात बन्द फिर्ता

हिमालय टिभी
२०७९ फागुन २ गते १३:५०
यातायात मजदुर र सरकारबीच सहमति, यातायात बन्द फिर्ता

२ फागुन २०७९ काठमाडौं । यातायात व्यवसायी र मजदुरले सार्वजनिक यातायात बन्द फिर्ता लिएका छन् ।

उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्ता पछि उनीहरुले काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिएका हुन् । मन्त्री श्रेष्ठले यातायात व्यवसायीले उठाएका जायज मागहरु सम्बोधन हुने र अन्याय हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीमज्वाला राईले आक्रमण गर्नेलाई पक्राउ, यातायात मजदुरलाई पूर्ववत अवस्थामा काम गर्नसक्ने वातावरण बनाउनेलगायतका विषयमा सहमति भएकाले आन्दोलन फिर्ता लिएको बताउनु भयो ।

यसअघि सार्वजनिक यातायात बन्दका कारण बिहानैदेखि उपत्यकाको जनजीवन प्रभावित भएको थियो । ट्राफिक जरिवाना शुल्क घटाउने मागसहित यातायात मजदुर र व्यवसायी आन्दोलित थिए। आन्दोलनका कारण हिजो काठमाडौंको बालाजु क्षेत्र तनावग्रस्त भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *