Main News

आज प्रणय दिवस मनाइँदै

हिमालय टिभी
२०७९ फागुन २ गते ९:१२
आज प्रणय दिवस मनाइँदै

२ फागुन २०७९ काठमाडौं । आज फेब्रुअरी १४ तारिख अर्थात प्रणय दिवस, भ्यालेन्टाइन्स् डे ।

प्रत्येक वर्ष फेब्रुअरी १४ का दिन विश्वभर प्रेम साटासाट गरेर प्रेम दिवस मनाइन्छ । विशेष गरी युवायुवतीले आजको दिनलाई माया साट्ने विशेष अवसरका रुपमा मनाउने गरेका छन् ।

प्रणय दिवसको अवसरमा परिवार साथीभाइलाई विभिन्न उपहार प्रदान गरी प्रेम सद्भाव साटासाट गर्ने चलन छ । नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस मनाउने गरिन्छ ।

युवायुवतीले आफ्ना प्रेमिप्रेमिकालाई विभिन्न उपहार दिएर यो दिवस मनाउने गर्दछन् ।

ईसापूर्व करिब ३ सय ५० तिर इटालीका तत्कालीन शासक क्लाउडियसको तानाशाही प्रवृत्तिको विरोधमा उत्रिएका सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *