Main News

ट्राफिक नियमविरुद्ध यातायात मजदुर आन्दोलनमा

हिमालय टिभी
२०७९ फागुन १ गते १८:०७
ट्राफिक नियमविरुद्ध यातायात मजदुर आन्दोलनमा

१ फागुन २०७९ काठमाडौं । ट्राफिक नियमविरुद्ध यातायात मजदुरहरुले काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा सडकमा नै सवारीसाधन तेर्स्याएर सडक अवरुद्ध गरेका छन् ।

आज यातायात मजदुरले नयाँ बसपार्क क्षेत्रको सडकमा सवारी साधन तेर्स्याएर सडक अवरुद्ध गरेका हुन् । बीच सडकमै सवारी साधन राखेर मजदुरहरुले अवरोध सिर्जना गरेपछि अहिले सो क्षेत्रको यातायात आवागमन अवरुद्ध भएको छ ।

यातायात मजदुरहरुले सडकमा सवारी साधन तेस्र्याएर बिरोध जनाएसँगै बालाजु चोकबाट माछापोखरीसम्म सडक अवरुद्ध छ । पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमबिरुद्ध आफूहरुले सडक अवरुद्ध गरेको सवारीसाधनहरुका चालकहरुले बताए ।

बीच सडकमै सवारी साधन राखेर मजदुरहरूले अवरोध सिर्जना गरेपछि सो क्षेत्रको यातायात आवागमन ठप्प भएको छ । अवरोधका कारण अहिले यातायात मजदुरहरूले गोंगबु, चक्रपथलगायतका क्षेत्रमा चक्काजामसमेत गरेका छन् ।

यात्रुसहितका सार्वजनिक सवारी सडकमा तेस्याइएको छ । मजदुर संगठनको आन्दोलनमा यातायात व्यवसायीले पनि साथ दिएका छन् ।

यातायात अवरुद्ध हुँदा सो रुट भएर गन्तव्यमा जाने यात्रुहरु अलपत्र परेका छन् । उनीहरु हिँडेरै गन्तव्यस्थल जान बाध्य भएका हुन् । यतिबेला नेपाल प्रहरीले यातायात सञ्चालन गर्न प्रयास गरिहरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *