Main News

डाक्टरको आन्दोलनले बिरामी मारमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ २९ गते २१:२६
डाक्टरको आन्दोलनले बिरामी मारमा (भिडियो रिपोर्टसहित)

२९ माघ २०७९ काठमाडौं । शुक्रबार राष्ट्रपतिको सवारीको समयमा सडकमा हिंडेको भनेर एक डाक्टर प्रहरीबाट कुटिए । त्यसको विरोधमा नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकको सबै सेवा बन्द आव्हान गर्‍यो ।

जसका कारण उपचारका लागि अस्पताल पुगेका बिरामी मारमा परे । सेवा पाउनु पर्ने भन्दै बिरामी नै आन्दोलनमा उत्रिए । सरकारसँग सहमति भएपछि चिकित्सक संघ आन्दोलन फिर्ता लिन त सहमत भए तर बिरामी अस्पतालबाट बाहिरि सकेका थिए ।

रौतहटका विन्देश्वर सहनी । ४ पटक मिर्गौलाका डायलाायसिस गराइसकेका सहनी गत शुक्रबार पाँचौं पटकको डाइल्यासिसका लागी वीर अस्पताल पुग्नुभयो । त्यो दिन पालो नपाएपछि आइतबार विहानै अस्पताल पुगेपछि चिकित्सककै आन्दोलनले सेवा बन्द भएको थाहा पाउनुभयो । विकल्प नखोजी सेवा नै रोकेर डाक्टर आन्दोलनमा उत्रिएको सहनीलाई कत्ति पनि चित्त बुझेन ।

पत्थरीको शल्यक्रिया गर्न जाजरकोटबाट वीर अस्पतालमा आइपुगेकी बालमती परियारको पनि गुनासो विन्देश्वरको जस्तै छ । जाजरकोट जिल्ला अस्पतालले जतिसक्दो चाँडो शल्यक्रिया गर्न भनेपछि परियार काठमाडौं आउनुभयो । तर, चिकित्सकले गरेको बन्दका कारण उहाँले उपचार पाउनुभएन ।

विन्देश्वर र बालमती मात्रै होइन् उपचारका लागि अस्पताल पुगेका बिरामीहरु स्वास्थ्य सेवा बन्दको विरोधमा छन् । जनप्रतिनिधि पनि अन्दोलनलाई समस्या समाधानको अस्त्र नबनाउन चिकित्सक संघलाई आग्रह छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *