कस्ता छन् ठूला नेताका घर ? (भिडियो रिपोर्टसहित)

२९ माघ २०७९ काठमाडौं । बेला–बेला प्रधानमन्त्री, मन्त्री तथा शीर्ष नेताका घर बारे चर्चा हुने गरेको छ । धेरैलाई लागेको छ न्यून आयस्तरको परिवारबाट उदाएका नेताका घर कस्ता होलान् ? आज तपाइँको यो जिज्ञासालाई मध्यनजर गर्दै हामीले मुख्य दलका शीर्ष नेताका घर कहाँ र कस्ता छन् भनेर खोजेका छौं ।
यो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार हो । यो उहाँको निजी घर भने होइन । यो घर निर्माण व्यवसायी शारदा अधिकारीको नाममा छ । प्रचण्ड पुस १० गते प्रधानमन्त्री भएपछि उहाँ सरकारी निवास बालुवाटार बस्दै आउनुभएको छ ।
पुष्पकमल दाहाल
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष
स्थानः खुमलटार
भाडाको घर
यो भक्तपुरको बालकोटमा रहेको नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवास हो ।
केपी शर्मा ओली
नेकपा एमालेका अध्यक्ष
स्थानः बालकोट
आफ्नै घर
यो नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास हो । हाल यसको मर्मत जारी छ । सोहीकारण उहाँ धुम्बाराहीमा बस्दै आउनुभएको छ ।
शेरबहादुर देउवा
नेपाली कांग्रेसका सभापति
स्थानः बुढानिलकण्ठ
आफ्नै घर
यो पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईको घर हो ।
बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री
स्थानः टोखा
आफ्नै घर
यो नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घर हो ।
माधवकुमार नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष
स्थानः कोटेश्वर
आफ्नै घर
यो पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालको घर हो ।
झलनाथ खनाल
पूर्वप्रधानमन्त्री
स्थानः डल्लू
आफ्नै घर
यो पूर्वमन्त्री तथा बाम नेता वामदेव गौतमको घर हो ।
वामदेव गौतम
पूर्वमन्त्री
स्थानः भैंसेपाटी
आफ्नै घर
यो अहिलेका अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको घर हो । मन्त्रि नियुक्त भएपछि उहाँ सरकारी निवासमा सर्नुभएको छ ।
विष्णु पौडेल
उप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष
स्थानः भैंसीपाटी
आफ्नै घर
यो अहिलेका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठको निवास हो ।
नारायणकाजी श्रेष्ठ
उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष
स्थानः रिद्धिसिद्धि, ललितपुर
भाडाको घर
यो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास हो ।
रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता
स्थानः बोहोराटार
आफ्नै घर
यो नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको निवास हो ।
पूर्णबहादुर खड्का
नेपाली कांग्रेसका उपसभापति
स्थानः गल्फुटार
आफ्नै घर
यो नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको घर हो ।
गगनकुमार थापा
नेपाली कांग्रेसका महामन्त्री
स्थानः रातोपुल
आफ्नै घर
यो नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाको निवास हो ।
डा. शेखर कोइराला
नेपाली कांग्रेसका नेता
स्थानः धापासीहाइट
आफ्नै घर
यो पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्वका पूर्वमहामन्त्री प्रकाशमान सिंहको घर हो ।
प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता
स्थानः चाक्सीबारी
आफ्नै घर
यो नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतको घर हो ।
प्रकाशशरण महत
नेपाली कांग्रेसका प्रवक्ता
स्थानः बाँसबारी
आफ्नै घर
यो नेकपा एमालेका उपमहासचिव विष्णु रिमालको घर हो ।
विष्णु रिमाल
नेकपा एमालेका उपमहासचिव
स्थानः शान्तिनगर
आफ्नै घर
प्रतिक्रिया