Main News

चौधरीलाई रिहा गर्न एकीकृत समाजवादीका अध्यक्ष नेपालको माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ २९ गते १८:२७
चौधरीलाई रिहा गर्न एकीकृत समाजवादीका अध्यक्ष नेपालको माग (भिडियो रिपोर्टसहित)

२९ माघ २०७९ धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई रिहा गर्नुपर्ने अभिव्यक्ति दिनुभएको छ ।

समाजवादी प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले कैलालीको टीकापुर घटनामा जिल्ला अदालत र उच्च अदालतले दोषी ठहर गरिसकेका चौधरीलाई रिहा गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले चौधरीको मुद्दा राजनीतिक भएकाले त्यसलाई सोही अनुसार टुंग्याउनुपर्ने तर्क गर्नुभयो । उहाँले राजनीतिक प्रकृतिका विषयवस्तु जोडिएका मुद्दालाई छिटो टुंगो लगाउन आवश्यक रहेको दावी समेत गर्नुभयो ।

रेशम टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *