Main News

६ बुँदे सहमतिसँगै चिकित्सक संघको आन्दोलन स्थगित

हिमालय टिभी
२०७९ माघ २९ गते १२:३८
६ बुँदे सहमतिसँगै चिकित्सक संघको आन्दोलन स्थगित

२९ माघ २०७९ काठमाडौं । सरकारसँगको सहमति पछि चिकित्सकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमासरकारी प्रतिनिधि र चिकित्सकहरुबीच भएको वार्तामा आन्दोलनका कार्यक्रम स्थगित गर्ने लगायतका ६ बुँदे सहमति भएको हो ।

सहमति अनुसार चिकित्सक कुटिएको घटनाको समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने र चिकित्सक संघले आन्दोलन स्थगित गरिएको हो ।

सहमति पत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा।गणेशप्रसाद पाण्डेय र चिकित्सकको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्कीले हस्ताक्षर गर्नुभएको छ ।

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् बैठकलाई सम्बोधन गरी फर्कने क्रममा सडकमा निस्किएको भन्दै प्रहरीले चिकित्सक कुटेको विरोधमा आज बिहानैदेखि सम्पूर्ण सेवा बन्द गरेका थिए । आन्दोलनका कारण देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सबै सेवा प्रभावित भएको थियो ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भने आन्दोलनको अवज्ञा भएको थियो । उपचार सेवाको माग गर्दै बिरामी र तिनका आफन्तहरुले वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन समेत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *