Main News
राष्ट्रियतामाथि आक्रमण भइरहेको छः ऊर्जामन्त्री लिङ्देन (भिडियो रिपोर्टसहित)
२०७९ माघ २८ गते १८:२६

२८ माघ २०७९ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रियतामाथि आक्रमण भइरहेको बताउनुभएको छ ।
काठमाडौंमा आज शुरु भएको पार्टीको विद्यार्थी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले चौतर्फी रुपमा देशको राष्ट्रियतामाथि आक्रमण भइरहेको प्रमुख दलका नेताहरुले नै भन्ने गरेको बताउनुभयो ।
उहाँले नेपालको निर्णायकत्व नेपालीको हातमा नभएको भन्दै विद्यार्थी संगठनले त्यसमा खबरदारी गर्न सक्नुपर्ने बताउनु भयो ।
उपप्रधानमन्त्री एवं उर्जामन्त्री समेत रहेका लिङ्देनले काठमाडौं केन्द्रित राजनीति गरेर मात्रै नेता नहुने भन्दै विद्यार्थी नेतालाई सचेत गराउनुभयो ।
फहिलो रास्ट्रय भनेको केहो ?? अब दोश्रो रास्ट्रीयता भनेको केहो ?? यो दुई वटा सब्दको व्याख्या पहिले राम्रो संग बुझेको हुनुपर्छ अनि मात्र रास्ट्रीयताको बारेमा बोलेको राम्रो हुन्छ । हावामा खोक्रो रास्ट्रीयता बोकेर रास्ट्रीयता धरापमा पर्यो भन्नू जोकर मात्र हुन्छ । राप्रपाले नै रास्ट्रीयता कम्जो बनाउने काम गरिरहेको छ । देश भित्र बस्ने नागरिकहरुले रास्ट्रय निर्माण गरेका हुन्छ्न तिनै नागरिकहरु विभित्र समुदाय वा सम्प्रदायमा मिलेर एकले दोश्रोको अस्तित्व सुइकारेर आपसमा बसेका छन । तिनै नागरिक हरुलाइ धर्मको नामले वा एउटा ब्याक्ती र उच्च जातिलाइ मात्र विशेष अधिकार दिने कुराले समाजमा बसेका सम्प्रदाय बिच फाटो ल्याएर लडाउनु खोज्दैछ । एउटा सम्प्रदाय , समूह र दोश्रो सम्प्रदाय , समूह बिचको हिंसात्मक गतिविधिलाई सम्प्रदायिक्ता भनिन्छ । एउटा सम्प्रदाय र दोश्रो सम्प्रदाय बिच हिंसात्मक झैझगडा भएमा देशलाइ गहिरो चोट पर्दछ आखेरी जुन सम्प्रदायलाई नोक्सान भएनी त्यही देशको नागरिक हो । देशलाइ गहिरो चोट पार्नु भनेकै रास्ट्रीयता कम्जोर बनाउनु हो । देशको नागरिक एक आपसमा गहिरो सम्बन्धले मिलेर बसेको छ्न भने त्यो देशको रास्ट्रीयता बलियो भएको अर्थाउदछ । बाहिरी शक्तिले होस वा आन्तरिक शक्तिले होस देश भित्र बस्ने नागरिकहरु बिच एक आपसमा बिभाजित गराएर हिंसात्मक झैझगडा गरायो भने त्यो देशको रास्ट्रीयता कम्जोर भएको हुन्छ ।