Main News

सीके राउत भन्छन्, ‘राज्य संरचनामा नयाँनयाँ प्रविधि बुझ्न सक्ने मान्छे हुनुपर्छ’ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ २८ गते १८:२२
सीके राउत भन्छन्, ‘राज्य संरचनामा नयाँनयाँ प्रविधि बुझ्न सक्ने मान्छे हुनुपर्छ’ (भिडियो रिपोर्टसहित)

२८ माघ २०७९ काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त सीके राउतले राज्यको संरचनामा नयाँनयाँ प्रविधिलाई बुझ्न सक्ने मान्छे हुनुपर्ने बताउनुभएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको सूचना प्रविधि मेलाको अवलोकन गर्दै अध्यक्ष राउतले राज्यका संरचनामा सूचना, प्रविधिका नयाँ–नयाँ कुराहरुलाई बुझ्न सक्ने मान्छे हुनुपर्ने बताउनुभएको हो ।

उहाँले राज्यले कुनैपनि प्रकारका प्रविधिहरुको प्रयोग गर्दा त्यसको सुरक्षाको सम्बन्धमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष राउतले सूचना र प्रविधिको आजको युगमा कितावमा समेत भन्सार शुल्क लाग्ने गरेको भन्दै दुर्भाग्यपूर्ण अवस्था भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *