Main News

लुम्बिनी प्रदेशकी विनाविभागीय मन्त्री कृष्णा केसीद्वारा पदबाट राजीनामा

हिमालय टिभी
२०७९ माघ २८ गते १३:२४
लुम्बिनी प्रदेशकी विनाविभागीय मन्त्री कृष्णा केसीद्वारा पदबाट राजीनामा

२८ माघ २०७९ दाङ । लुम्बिनी प्रदेशकी विनाविभागीय मन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिनुभएको छ ।

लामो समयसम्म जिम्मेवारीविहीन भएको भन्दै केसीले मुख्यमन्त्री लिला गिरीसमक्ष राजीनामा बुझाउनुभएको हो । केसी बाँके क्षेत्र नम्बर १ को १ बाट निर्वाचित सांसद हुनुहुन्छ ।

पुस २७ गते केसीले मन्त्रीको रुपमा शपथग्रहण गर्नुभएको थियो । मुख्यमन्त्री गिरीसहित एमालेबाट चेतनारायण आचार्य र माओवादी केन्द्रबाट कृष्णा केसी मन्त्री हुनुभएको थियो । तर, भागबण्डा नमिलेपछि मन्त्रालयको जिम्मेवारी भने तोकिएको थिएन ।

पुस २७ गते प्रदेश सभाका १० मध्ये ७ दलका ५६ र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । गिरीले माघ ५ गते ५९ सांसदको विश्वासको मत पाउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *