Main News

हिमाली क्षेत्रमा हिमपातको सम्भावना

हिमालय टिभी
२०७९ माघ २८ गते ९:१२
हिमाली क्षेत्रमा हिमपातको सम्भावना

२८ माघ २०७९ काठमाडौं । देशका केही भागमा आज हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज प्रदेश–१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले प्रदेश–१, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

राति पनि प्रदेश–१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *