राजनीति

सुदूरपश्चिम प्रदेशका नयाँ मुख्यमन्त्री शाहलाई पनि छैन सहज (भिडियो रिपोर्टसहित)

२०७९ माघ २७ गते २१:३०
सुदूरपश्चिम प्रदेशका नयाँ मुख्यमन्त्री शाहलाई पनि छैन सहज (भिडियो रिपोर्टसहित)

२७ माघ २०७९ कैलाली । सुदूरपश्चिम प्रदेशमा विश्वासको मत पाउन नसकेर एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल पदमुक्त भएपछि कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको हैसियतले मुख्य मन्त्रीमा नियुक्त शाहले एक महिना भित्र विश्वासको मत लिनु पर्नेछ । तर शाहलाई पनि विश्वासको मत लिन सहज छैन् ।

शुक्रबार दिउँसो मुख्यमन्त्रीको शपथ लिएका कमलबहादुर शाहसँग कांग्रेसका १९ सहित नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसद गरी २४ जनाको साथ छ ।

५३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीलाई विश्वासको मत पाउन कम्तिमा २७ सांसद आवश्यक पर्छ । शाहलाई अझै ३ सांसद आवश्यक पर्छ । फागुन २५ सम्म २७ मत पुर्‍याउन नसके शाहले पनि एमाले नेता राजेन्द्र सिंह रावलकै नियति बेहोर्नु पर्नेछ । तर मुख्यमन्त्री शाह त्यस्तो अवस्था नआउनेमा ढुक्क हुनुहुन्छ ।

सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा एमालेसँगै रहेको र नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नहुँदासम्म कसैलाई पनि विश्वासको मत नदिने अडान कायमै राखे ३० दिन भित्र शाहले विश्वासको मत नपाउने निश्चित । तर अघिल्लो सरकारमा सहभागी भएको माओवादी केन्द्रलाई सरकारमा ल्याउन सकिने विश्वासमा छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिए जस्तै यहाँ पनि माओवादीले विश्वासको मत दिन सक्ने सम्भावना छ । सभामुखसहित ११ सांसद रहेको माओवादी केन्द्र भने सरकारमा जाने पक्षमा देखिएको छैन ।

१० सांसद रहेको नेकपा एमाले त प्रदेश सभा विघठनको बाटोमा जाने तर्क गरिरहेको छ ।

सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन निर्णायक ७ सांसद रहेको नागरिक उन्मुक्ति पार्टी संस्थापक नेता रेशम चौधरीको रिहाइलगायतको माग पूरा नभएसम्म सरकारलाई समर्थन नगर्ने पक्षमा छ । आगामी ३० दिनभित्र शाहले संविधानको धारा १६८ को उपधारा ४ अनुसार विश्वासको मत पाउन नसके उपधारा ५ अनुसार सरकार गठन प्रक्रिया अघि बढ्न सक्छ । उपधारा ५ अनुसार नियुक्त मुख्यमन्त्रीले पनि विश्वासको मत प्राप्त गर्न नसके संसद विघटन हुने र छ महिनाभित्र प्रदेश सभाको अर्को निर्वाचन सम्पन्न हुने गरी निर्वाचन मिति तोक्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्