राजनीति

फुटबाट उठ्ला त विवेकशील साझा ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ २७ गते २१:२०
फुटबाट उठ्ला त विवेकशील साझा ? (भिडियो रिपोर्टसहित)

२७ माघ २०७९ काठमाडौं । वैकल्पिक राजनीतिको नारा दिएको विवेकशील साझाले आफ्नो १० वर्ष पूरा गरेको छ । २०६९ सालमा विवेकशील अभियान हुँदै पार्टीको रुप धारण गरेको विवेकशीलले २०७४ को निर्वाचनमा आशाको मत ल्यायो ।

त्यसपछि उसले साझा पार्टीसँग एकीकण गर्यो । तर, एकिकरणको छोटो समयमा नै फुटेर तितरवितर बन्यो । अहिले फेरि विवेकशील तिक्तता मेटाएर वैकल्पिक राजनीतिको नेतृत्व गर्ने होडमा छ ।

२०६९ सालमा उज्वल थापा र केहि व्यक्ति मिलेर काठमाडौंमा विवेकशील अभियान सुरु गरे । त्यहि वर्ष थापाको अभियानलाई दलमा रुपान्तरण गरियो । विवेकशील नेपाली दल स्थापना गरे । अनि नेपालमा वैकल्पिक राजनीतिक विचारधाराको विजारोपण गरे ।

उनीहरुकै बाटो समाउँदै सञ्चारकर्मी रविन्द्र मिश्रले पनि २०७३ सालमा साझा पार्टी स्थापना गरे । यी दुई पार्टीले नीति, विचार र सिद्धान्त मिल्ने भन्दै २०७४ साउन २ गते एकीकरण गरे । पार्टीको नाम विवेकशील साझा बनाए । पुराना राजनीतिक दल भन्दा फरक छौं भनेर संखघोष गरे । तर, कथनी र करणीले मेल खाएन । अनि पार्टीले पुरानै दलको झैं टुटफुटको बारम्बार सामना गरिह्यो ।

विवेकशील साझाको उतारचढाव–
–२०६९ सालमा उज्वल थापाको नेतृत्वमा विवेकशील अभियानको थालनी
–अभियानकै निरन्तरता स्वरुप २०६९ साल जेठ १५ मा विवेकशील नेपाली दलको स्थापना
–२०७३ सालमा रविन्द्र मिश्रको नेतृत्वमा साझा पार्टीको स्थापना
–दुवै पार्टीका उम्मेदवारले २०७४ को स्थानीय तह निर्वाचनमा आसाको मत पाए
–२०७४ साल साउन २ गते विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण
–२०७५ साल पुस २८ गते पार्टी फुटेर विवेकशील र साझा पार्टी विभिजित भए
–विवेकशील पार्टीले २०७६ असोज १३ र १४ गते पोखरामा नीति सम्मेलन गर्यो
–विवेकशील पार्टीले २०७६ कात्तिक १ र २ गते जनकपुरधाममा महाधिवेशन
–साझा पार्टीले २०७६ फागुन १६ र १७ गते लुम्बिनीमा साझा भेला
–२०७७ मंसिर १४ गते पुनः दुबै दलबीच पार्टी एकीकरण भएको
–२०७८ साउन ११ गते रविन्द्र मिश्रद्वारा विचार भन्दामाथि देश नामक दस्तावेज ल्याए
–२०७८ पुस ६ गते पार्टीका संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नगरहने गरि पार्टीबाट निस्कासन
–२०७८ पुस ८ गते रञ्जु दर्शनाद्वारा पार्टी परित्याग
–२०७९ असोज १० गते रविन्द्र मिश्रद्वारा पार्टी परित्यागको घोषणा
–२०७९ माघ २७ र २८ गते पुनः पार्टीको पहिलो महाधिवेशन

२०७४ को निर्वाचनमा काठमाडौंको मेयरमा तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीले छुट्टा छुट्टै उम्मेदवार उठाए । दुवैले सम्मानजनक मत पाए । अनि दशकौंको राजनीतिक पृष्ठभूमि बोकेका राजनीति दलको मथिंगल हल्लाईदिए । धेरैको अपेक्ष चाहिँ २०७९ को निर्वाचनमा यो पार्टीले फड्को मार्छ भन्ने थियो । तर, आम भावना विपरित पार्टीले फुटको सामाना गर्यो । मंसिर ४ को निर्वाचनमा मत मार्फत् दुवै पार्टीका उम्मेवारले दण्डीत गरे ।

महाधिवेशन पार्टी पुर्नताजगीका लागि अपरिहार्य हो । तर, २०६९ मा विवेकशील तथा २०७४ मा विवेकशील साझा बनेको दलले एक दशकमा एक पटक पनि महाधिवेशन गर्न सकेन । पहिलो महाधिवेशनबाट उसले नयाँ सिराबाट पार्टीलाई अघि बढाउने प्रतिवद्धता जनाएको छ । उसको यो प्रतिवद्धतालाई जनताले कति पत्याउलान् त्यो भने आगामी निर्वाचनबाट देखिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्