सरकारमा आउन रास्वपालाई उच्चस्तरीय राजनीतिक संयन्त्रको आग्रह
२७ माघ २०७९ काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आग्रह गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको संयन्त्रको बैठकमा रास्वपालाई सरकारमा ल्याउनेबारे छलफल भएको उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्देनले बताउनु भएको छ ।
सरकारबाट बाहिरिएको रास्वपाले सरकारलाई गरेको समर्थन भने कायम राखेको छ। सरकारका अहिलेसम्मको कामबारे समीक्षा भएको उहाँको भनाइ छ । त्यस्तै बैठकमा राष्ट्रपतिको उम्मेदवार छलफल हुने बताइए पनि त्यसले बैठकमा प्रवेश नपाएको बताइएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहभागी हुनुहुन्थ्यो ।
गठबन्धनमा आबद्ध सात दलमध्ये जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेता उपस्थित भएका छैनन् ।
प्रतिक्रिया