Main News

रवि लामिछाने भर्सेस कैलाश सिराेहिया, रविलाई आरोप पुष्टि गर्न चुनौति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ २५ गते २०:४२
रवि लामिछाने भर्सेस कैलाश सिराेहिया, रविलाई आरोप पुष्टि गर्न चुनौति (भिडियो रिपोर्टसहित)

२५ माघ २०७९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार सरकारबाट बाहिरिने निर्णय सुनाउँदै केही मिडिया सञ्चालक र सम्पादकका नामै किटेर व्यक्तिगत र केही अनियमितताको आरोप लगाउनुभयो ।

अहिले उहाँले आरोप लगाएका मिडिया सञ्चालक र सम्पादकले आरोप पुष्टि गर्न चुनौती दिने क्रम शुरु भएको छ । लामिछानेले गम्भीर आरोप लगाएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले विज्ञप्ति जारी गरेरै लामिछानेलाई आरोप पुष्टि गर्न चुनौति दिनुभएको छ ।

पूर्वसञ्चारकर्मी समेत रहेका लामिछानेले आइतबार आफू ‘मूड’मा रहेको भन्दै केही सञ्चार उद्यमी, सम्पादक र पत्रकारविरुद्ध आक्रोश पोख्नुभयो। मुख्य निशानामा चाहिँ थिए, कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहिया। लामिछानेले सिरोहियालाई मुख्य तीन अरोप लगाएका थिए। जसको प्रतिउत्तर सिरोहियाले मंगलबार विज्ञप्तिमार्फत् दिएका छन्।

सिरोहियाको जवाफः
चन्द्रागिरीमा मेरो वा मेरो परिवारका कुनै सदस्यको कहिल्यै एक कित्ता पनि सेयर थिएन÷छैन। लामिछानेले झुटो आरोप लगाएकामा घोर आपत्ति प्रकट गर्दछु।

सिरोहियाको जवाफः
२०७२ मंसिर २६ गते शनिबार बिहान माइतीघर मण्डलामा मेरा छोरा सम्भव सिरोहिया चढेको कार दुर्घटनामा परेको विषयलाई पनि लामिछानेले मानौं( त्यहाँ कुनै ठूलै ‘काण्ड’ भए जसरी जबर्जस्ती लुकाउन खोजियो भन्नुभएको छ। लामिछानेले चित्रण गरेझैं त्यो दुर्घटनामा परेको कारले न बाटोमा हिँडेका कुनै व्यक्तिलाई हिर्काएको थियो, न त अर्को कुनै गाडीलाई ठोक्काएको थियो । त्यस घटनाबारे तत्कालै सम्भवले बग्गीखानास्थित ट्राफिक प्रहरीलाई औपचारिक जानकारी गराएका हुन्। प्रहरी रेकर्डमै रहेको त्यो घटनालाई लुकाउन खोजियो भन्दै गृहमन्त्री भइसकेका व्यक्तिले किन भ्रम छर्नुभएको हो, हामी आश्चर्यचकित छौं ।

सिरोहियाको जवाफः
सोल्टी होटलमा कुनै महिलालाई कसैले दुव्र्यवहार ग¥यो भन्ने बनावटी घटनामा मलाई समेत जोड्दै ‘सिधा कुरा’ नामको फेसबुक अकाउन्टबाट मेरो चरित्रहत्या गर्न खोजिएपछि मैले अगस्ट २७, २०२० मा त्यसको खण्डन गर्दै एउटा ट्वीट गरेको थिएँ। त्यसमा मैले त्यसरी दुष्प्रचार गर्नेविरुद्ध सख्त कानूनी कारबाही गर्न २०७७ भदौ ११ गते महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दर्ता गरेका थियौं । यो यथार्थ हुँदाहुँदै गृहमन्त्री भइसकेका व्यक्तिले त्यो घटनामा उजुरी नै नदिएको भन्दै भ्रामक हल्ला फैलाउन मिल्छ रु

अब लामिछानेमाथि प्रश्नः
आफुसँग प्रमाण रहेको भन्दै लामिछानेले आरोप लगाएका सिरोहियाले ५ बुँदामा चुनौति दिएपछि अब बल लामिछानेको कोर्टमा पुगेको छ । लामिछानेमाथि केही स्वभाविक प्रश्न तेर्सिएका छन् ।
१. लामिछाने आफूले लगाएको आरोप पुष्टि गर्न लाग्छन् कि मुन्टो फर्काएर हिँड्छन् ?
२. ३३ दिन गृहमन्त्रालयमा बस्दा लामिछानेले गाडी दुर्घटनाबारे किन चासो दिएनन् ?
३. गोल्डेन सेयर र बार्गेनिङबारे लामिछानेसँग सिरोहियाविरुद्ध प्रमाण रहेको भए पहिला नै किन सार्वजनिक गरेनन्। पदबाट बाहिरिएपछि मात्रै लामिछानेले यि विषय थाहा पाएका हुन् ?

सिरोहियाले लामिछानेका आरोपविरुद्ध सार्वजनिक स्पष्टीकरण दिए राम्रै भयो। तर, उनी पनि प्रश्न बाहिर भने छैनन्।

१. सिरोहिया रविले लगाएका आरोपको खण्डनमात्र गर्छन् कि कानूनी उपचारमा पनि जान्छन् ? आरोप निराधार हो भने उनले आफूलाई सही सावित गराउन कानूनी उपचार पनि खोज्नुपर्ने हुन्छ।
२. सिरोहियाविरुद्ध रविले उठाएका प्रश्नमै यसअघि पनि काफी चर्चा भएकै हो। त्यसबारे साना सञ्चार सञ्चारमाध्यमले पनि जवाफ खोजेका थिए। तर, त्यसबेला मौन रहेका सिरोहियाले अहिले चाहिँ किन मुख खोले ?

सिरोहियाको स्पष्टीकरणपछि लामिछानेले फेरि ओठे जवाफ फर्काउँछन् कि आरोप पुष्टिका आधार खोज्न सरकारी निकायको पनि सहयोग लिन्छन् ? भन्ने कुराले पनि यो प्रकरणको आयू निर्धारण गर्ने छ। अर्कातिर सिरोहियाले कानूनी बाटो रोजे भने चाहिँ यो प्रकरणले तार्किक निश्कर्षमा पुग्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *