Main News

सर्वोच्च अदालत : कामुकै भरमा (भिडियो रिपोर्टसहित)

२०७९ माघ २५ गते २०:१०
सर्वोच्च अदालत : कामुकै भरमा (भिडियो रिपोर्टसहित)

२५ माघ २०७९ काठमाडौं । देशको प्रमुख न्यायालय सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सहित न्यायाधीशको दरबन्दी २१ जनाको हो । तर एक वर्ष यता सर्वोच्च अदालत कायम मुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको छ भने आवश्यकता अनुसार न्यायाधीशको दरबन्दी पनि रिक्त छ । रिक्त रहेका पाँच मध्ये तीन जना न्यायाधीशको सिफारिस भएपनि संसदीय सुनुवाई हुन नसक्दा पदपूर्ति हुन सकेको छैन् ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जवराको बर्हिगमनपछि सर्वोच्च अदालत कायम मुकाय प्रधानन्यायाधीशको भरमा चल्दै आएको छ । गत फागुन एक गतेबाट कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले कार्यभार सम्हाल्नुभयो ।

उहाँले पनि असोज १७ गतेबाट अवकाश पाएपछि अहिले हरिकृष्ण कार्कीले पनि कामु प्रधानन्यायाधीशकै हैसियतमा सर्वोच्चको नेतृत्व सम्हाल्दै आउनु भएको छ । कामु प्रधानन्यायाधीश कार्कीको भरमा चलिरहेको सर्वोच्चमा अन्य पाँच न्यायाधीशको पद रिक्त छ ।

गत मंसिर २७ गतेबाट प्रधान्याधीशमा नियुक्त भैसक्नुपर्ने भएपनि कार्की अझै कायम मुकायम नै हुनुहुन्छ । न्यायपरिषदले तीन जना न्यायाधीशको सिफारिस गरेर पठाएको थियो । तर यस अघिको संसदको कार्यकाल सकिएपछि सुनुवाई नै अघि बढ्न सकेको छैन् । न्यायपरिषद ऐन २ हजार ७३ को दफा ४ मा उमेर हदका कारण अवकाशमा जाने न्यायाधीशको पद रिक्त हुनु एक महिना अघि नै पदपूर्तिको प्रक्रिया सुरु गरिसक्नुपर्ने बाध्यकारी व्यवस्था छ ।

तर कानुनकै बर्खिलाप हुने गरि पाँच न्यायाधीशको पद रिक्त छ । गत साउनदेखि नै उमेर हदका कारण न्यायाधीशको पद रिक्त रहेको सर्वोच्च अदालतको भनाइ छ ।

न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीशले सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्ने कानुनी व्यवस्था छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश भने संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ । परिषद्ले सिफारिस गरेपछि संसदीय सुनुवाई गर्नुपर्छ अनि मात्र राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुन्छन ।

संवैधानिक परिषद्ले पूर्णता पाइसकेपनि बैठक कहिले बस्छ, टुंगो लागिसकेको छैन् । अझ अहिले संसदीय सुनुवाई समिति नै गठन हुन सकेको छैन । संसदीय सुनुवाई भएपछि मात्रै राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ ।

संवैधानिक परिषद्को गठन संगै बरिष्ठतम न्यायाधीश सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्त हुन्छन् । यसरी हेर्दा तत्कालै रिक्त रहेका न्यायाधीश र प्रधानन्यायाधीशको पदपूर्ति हुने संभावना देखिँदैन् ।

हाल कामु प्रधानन्यायाधीश रहनु भएका कार्की नै वरिष्ठतम न्यायाधीशको हैसियतमा प्रधानन्यायाधीश हुनु हुने छ । न्यायाधीशको पदपूर्ति नहुँदा सर्वोच्च अदालतमा विचाराधिन २९ हजार २ सय १९ थान मुद्धा प्रभावित भएका छन् । त्यसमा पनि पाँच वर्ष नाघेका मुद्धाको संख्या मात्रै ४ हजार ५ सय ५९ रहेको सवोच्च अदालतको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *