Main News
भोलि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने
२०७९ माघ २५ गते १२:४५
२५ माघ २०७९ काठमाडौं । भोलि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भोलि बैठक बोलाउने सहमति भएको हो ।
आज बिहान उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहेका ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुग्नुभएको थियो ।
बालकोटबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे पनि छलफल हुने बताउनुभयो । राष्ट्रपति पदको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । तर सत्ता साझेदार दलबीच नै राष्ट्रपतिको उम्मेदवारबारे एक मत छैन ।
एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने अडान राख्दै आए पनि प्रधानमन्त्री प्रचण्ड सहमत हुनुहुन्न ।
प्रतिक्रिया