Main News

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै

हिमालय टिभी
२०७९ माघ २५ गते ८:४९
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै

२५माघ २०७९ काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।

मुख्यमन्त्रीमा नियुक्त भएका रावलले माघ २६ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताअनुसार आज विश्वासको मत लिन लाग्नुभएको हो । त्यसको लागि आज बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभामा निर्णायक देखिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानी गरेपछि रावल अप्ठ्यारोमा पर्नुभएको छ । रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश गरेसँगै रावलले विश्वासको मत पाउने सम्भावना बढेको छ ।

नागरिक उन्मुक्तिले भने मत दिने नदिने औपचारिक रूपमा निर्णय गरिसकेको छैन । नेकपा (एमाले) का रावल सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *