Main News

कलब्याक टोनले रोकिन्छ भ्रष्टाचार ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ २३ गते २०:५३
कलब्याक टोनले रोकिन्छ भ्रष्टाचार ? (भिडियो रिपोर्टसहित)

२३ माघ २०७९ काठमाडौं । नेपाल टेलिकमले अहिले भ्रष्टाचारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सूचना बजाइरहेको छ । जुन सुचना कसैले फोन गर्दा नसुनि सुखै छैन ।

यो नेपाल टेलिकमबाट टेलिफोन गर्दा सुनिने आवाज हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनाएको यो सूचना नेपाल टेलिकमले निशुल्क बजाइरहेको छ ।

यस्ता सूचना अरु बेलामा पनि नबजेका भने होइनन् । कोभिड महामारीका बेलामा होस् वा निर्वाचनका बेलामा यस्ता सूचना बज्ने गर्छन् । जुन टेलिफोन प्रयोगकर्ताले सुन्न नचाहे पनि सुन्न बाध्य छन् । तर सुन्नेहरु भने उपभोक्ता दिक्क छन् ।

मोबाइलमा भ्रष्टाचार गर्नु पाप हो भनेर भ्रष्टाचार घट्ने हो रु अख्तियारको सूचना सुन्दा लाग्छ, नागरिकले फोनमा यस्ता सूचना नसुनेकैले यो देशमा भ्रष्टाचार बढेको हो, सुशासन कायम हुन नसकेको हो । दूरसञ्चारको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरण भने यस्ता सूचना बजाउन पाउने कानुनी व्यवस्था भएकाले यसलाई ठूलो कुरा मान्न नहुने बताउँछ ।

उपभोक्ताका आफ्ना अधिकार पनि हुन्छन् भन्ने टेलिकमजस्ता संस्थाले बुझेको देखिँदैन । महामारी, विपद् जस्ता अत्यावश्यक सूचना सम्प्रेण हुनु सामान्य मान्न सकिएला । तर, हरेक सरकारी निकायका सूचना आफ्नो रकम खर्चेर फोन गर्दा सुन्नेपर्ने बाध्यता बनाइनु उपभोक्तामाथि अन्याय हो । तर, यसबारे कसले बोल्ने ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *