Main News
मधेश प्रदेश सरकारले पायो पूर्णता
२०७९ माघ २३ गते १६:५२
२३ माघ २०७९ जनकपुरधाम । मधेश प्रदेश सरकारले पूर्णता पाएको छ ।
आज माओवादी केन्द्रले मन्त्री र राज्य मन्त्रीको नाम टुंगो लगाएसँगै मधेश प्रदेशको मन्त्रिपरिषदले पूर्णता पाएको हो ।
माओवादीबाट सुनिता यादवलाई उद्योग, पर्यटन तथा वन मन्त्री बनाउने तय भएको छ भने राज्यमन्त्रीमा रहबर अन्सारीलाई पठाउने निर्णय भएको छ ।
योसँगै मधेश प्रदेश सरकारमा पहिलोपटक दुई जना महिला क्याबिनेट मन्त्री भएका छन् ।
हालसम्म सत्ता गठबन्धनबाट जसपाका मुख्यमन्त्रीसहित ४, एमालेका ४, जनमतका २ र माओवादीका १ जना मन्त्री भएका छन् भने माओवादीबाट थप एक जनालाई राज्यमन्त्री बनाएसँगै राज्यमन्त्रीको संख्या ४ पुगेको छ । नियुक्त भएका मन्त्री र राज्यमन्त्रीको शपथ भोलि हुनेछ ।
प्रतिक्रिया