Main News

नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशन २०८० सालको फागुनमा

२०७९ माघ २३ गते १०:२५
नेकपा (एकीकृत समाजवादी)  को राष्ट्रिय महाधिवेशन २०८० सालको फागुनमा

२३ माघ २०७९ काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आउँदो २०८० साल फागुनमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।

शनिबार र आइतबार सम्पन्न पार्टीको केन्द्रीय कमिटीको पाँचौँ बैठकले महाधिवेशनको मिति तय गरेकोे पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

यसैगरी आइतबारको बैठकले शान्ति र स्थायित्वका लागि सक्दो भूमिका खेल्ने तथा पार्टी सङ्गठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आगामी २०८० साल फागुनभित्रमा राष्ट्रिय महाधिवेशन गर्ने तथा पार्टी सङ्गठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने निर्णय भएको छ, सोहीअनुसार अगाडि बढ्छौँ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *