Main News

आज स्वस्थानी व्रत समापन हुँदै

हिमालय टिभी
२०७९ माघ २२ गते ९:१३
आज स्वस्थानी व्रत समापन हुँदै

२२ माघ २०७९ काठमाडौं । एक महिनासम्म चल्ने स्वस्थनी व्रतकथा आजबाट समापन हुँदैछ ।

आज माघ शुक्ल पूर्णिमाका दिनबाट व्रत समाप्त हुन्छ । पौष शुक्ल पूर्णिमाका दिनबाट श्री स्वस्थानी माताको महिमा वर्णन गर्ने कथाहरुको वाचन आज विधिवतरुपमा समापन हुन्छ । काठमाडौंमा अवस्थित शाली नदीमा एक महिनाबाट जारी स्वस्थानी मेला पनि आजैबाट समापन हुन्छ ।

पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ ।

स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने गरिन्छ ।

आज मध्याह्नकालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जाग्राम बसेर अर्को दिन बिहान फूलपाती नदीमा सेलाएपछि स्वस्थानी व्रत विधिपूर्व समापन हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *