Main News

राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आज मनोनयन दर्ता हुँदै

हिमालय टिभी
२०७९ माघ २२ गते ८:५५
राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आज मनोनयन दर्ता हुँदै

२२ माघ २०७९ काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आज मनोनयन दर्ता हुँदैछ ।

दिउँसो १ देखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार दिउँसो सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन हुनेछ भने भोलि मतदान गर्ने कार्यतालिका छ ।

तत्कालीन राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ मा सकिएपछि हालसम्म उक्त पद रिक्त छ । उपसभामुखमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का नेता उर्मिला अर्यालले उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

विपक्षी दलबाट भने कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा निर्णय गर्न अहिले बिहान बैठक बस्ने तयारी भएको छ । सत्तारूढ दलहरू नेकपा (एमाले)का १६, नेकपा (माओवादी केन्द्र)का १५ गरी ३१ जना राष्ट्रिय सभा सदस्य छन् ।

उपाध्यक्ष पदमा निर्वाचित हुन २९ मत आवश्यक हुनेछ । सत्ताबाहिरका नेपाली काँग्रेसका १०, नेकपा (एकीकृत समाजवादी)का आठ, जनता समाजवादी पार्टी नेपालका तीन, लोकतान्त्रिक समाजवादी पार्टीका एक र राष्ट्रिय जनमोर्चाका एक गरी २३ जना सदस्य छन् । एक जना स्वतन्त्र र तीन जना मनोनीत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *