एमालेबाट राष्ट्रपति बने लोकतन्त्र सकिन्छ : महामन्त्री थापा (भिडियो रिपोर्टसहित)

२१ माघ २०७९ कलैया । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेको खल्तीबाट निकालेको पात्रलाई राष्ट्रपति बनाइए संविधान र लोकतन्त्र दुर्घटनामा पर्ने निश्चित रहेको बताउनुभएको छ ।
बाराको सदरमुकाम कलैयामा आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशन उद्घाटनमा महामन्त्री थापाले एमालेका नेताको खल्तिबाट निकालिएका पात्रलाई राष्ट्रपति बनाउन नहुने बताउनु भएको हो ।
उहाँले एमालेबाट हुने राष्ट्रपति संवैधानिक राष्ट्रपति नभइ संविधानले परिकल्पना गरेको विपरित कार्यकारी राष्ट्रपति बन्ने खतरा रहेको तर्क गर्नुभयो ।
थापाले राष्ट्रपतिको माध्यमबाट समानान्तर सरकार बनाउन भइरहेको प्रपञ्च कांग्रेसले विफल पार्ने बताउनुभयो । उहाँले एक पटक सरकारमा नजादैमा सबै बर्बाद भयो, पार्टी नै सक्कियो भन्ने धारणा पार्टी भित्र बनाइएकोमा आपत्ति जनाउनुभयो ।
अहिलेको शासन प्रणाली उत्कृष्ट भए पनि यस भित्रिएका विकृतिका कारण जनतामा निराशा छाएको थापाको भनाइ छ ।
प्रतिक्रिया