Main News

विमानस्थलको सुधार चित्त बुझ्दो भएनः पर्यटनमन्त्री किराती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ २१ गते १७:४९
विमानस्थलको सुधार चित्त बुझ्दो भएनः पर्यटनमन्त्री किराती (भिडियो रिपोर्टसहित)

२१ माघ २०७९ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानथलको सुधार चित्त बुझ्दो नभएको बताउनुभएको छ ।

विमानस्थलको पुनः अनुगमन गर्न पुगेकामन्त्री किरातीले तुलनात्मक रुपमा सुधार हुँदै गए पनि चित्तबुझ्दो सुधार हुन नसकेको बताउनुभएको हो ।

उहाँले यसअघिको अनुगमनमा निर्देशन गरिएका कुराहरु चित्तबुझ्दो रुपमा कार्यान्वयन नभएको पनि बताउनुभयो ।

माघको पहिलो साता विमानस्थलको अनुगमन गर्दै मन्त्री किरातीले शौचालयहरू सफा राख्न र आगमन तथा प्रस्थान कक्षलाई व्यवस्थित तथा सुरक्षित बनाउन निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *