Main News
राष्ट्रपतिको निर्वाचनमा सहमतिमै पक्षमा उभिने माओवादीको निर्णय
२०७९ माघ २१ गते १७:३३

२१ माघ २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको पक्षमा उभिने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्ने र सहमति नभए विचार मिल्ने दलहरुसँग मिलेर जाने निर्णय गरेको हो ।
माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएकाले यो वा ऊ दल नभनी माओवादीले राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय लिएको बताउनुभयो ।
उहाँले अहिलेसम्म एमालेलाई बाहिर राखेर सहमतिको कुरा नगरिएको भन्दै सरकारलाई सहयोग गर्ने दलहरुबीच पनि छलफल हुने बताउनुभयो ।
प्रतिक्रिया