Main News
पार्टी कार्यालय पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक बस्दै
२०७९ माघ २१ गते ८:५१
२१ माघ २०७९ काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्ने भएको छ ।
यसअघि पटक–पटक मिति तय गरेर स्थगित हुँदै आएको बैठक आज दिउँसो १ बजे बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाईएको माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यब्यस्तताका कारण यसअघि पटक–पटक बैठक सर्दै आएको थियो ।
गत बिहीबार केहीबेर बसेको स्थायी कमिटी बैठक विषयमा प्रवेश नै नगरी स्थगित भएको थयो । हिजोका लागि बोलाइएको बैठक पनि अन्तिम समयमा स्थगित गरेर आजका लागि बोलाइएको हो ।
प्रतिक्रिया