नेपाली विमान कम्पनी विगत ९ वर्षदेखि इयुकाे कालोसूचीमा (भिडियो रिपोर्टसहित)
२० माघ २०७९ काठमाडौं । नेपालको हवाई सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय निकायले प्रश्न उठाएका छन् । इयुले विगत ९ वर्षदेखि नेपाली विमान कम्पनीलाई कालोसूचीमा राखेको छ ।
योबीचमा गत माघ १ मा भएको यती एयरको विमान दुर्घटनापछि त आन्तरिक हवाई यात्रुको संख्या नै ३८ प्रतिशतले घटेको छ ।
नेपालमा ६७ वर्षमा १०९ वटा हवाई दुर्घटना भए । दुर्घटनामा गरी ९ सय ३९ जनाले ज्यान गुमाए । विमान दुर्घटनामा सरदर बार्षिक १२ जनाको मृत्यु हुने गरेको छ। गत माघ १ गते पोखरामा यती एयरको विमान दुर्घटना भएसँगै आन्तरिक हवाई यात्रुको संख्या करिब ३८ प्रतिशतले घटेको छ ।
पोखरामा यती एयरको विमान दुर्घटनापछि हवाई यात्रु घटेका छन् । माघ १ गतेसम्म औसत दैनिक १३ हजारले काठमाडौं विमानस्थलबाट उडान तथा अवतरण गर्ने गरेकामा अहिले त्यो संख्या घटेर ८ हजार हाराहारीमा झरेको छ । नेपाली आकाश असुरक्षित रहेको अफवाहपछि संख्या घटेको देखिन्छ । तर छिटपुट हुने घटनालाई लिएर हवाई सुरक्षामाथि प्रश्न उठाउनुपर्ने अवस्था नरहेको जानकार बताउँछन् ।
उसो त नेपाली वायुसेवा कम्पनीहरु सुरक्षित नभएको भन्दै सन् २०१३ देखि युरोपेली संघले हवाई सुरक्षामा चासो देखाएको छ । गत अप्रिलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) को परीक्षणमा नेपालको हवाई मापदण्डको औसत परिपालना दर विश्वकै औसत भन्दा धेरै ७० दशमलव १ प्रतिशत रहेको छ ।
सन् २००९ मा ४६ दशमलव ९७ प्रतिशत थियो । पछिल्लो नतिजा इयुको कालोसूचीबाट हट्नका लागि बलियो आधार थियो । तर माघ १ मा भएको विमान दुर्घटनाले इयुको सुरक्षा चासोबाट अपेक्षामा पनि धक्का लागेको छ ।
इयुको सूचीबाट नहटाउँदा नेपालको पर्यटन क्षेत्रमा पनि ठूलो धक्का लागेको छ । यसका लागि विमान कम्पनी र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षालाई थप भरपर्दो बनाउन जोड दिन विज्ञहरुको सुझाव छ ।
शंकर पण्डित
२० माघ २०७९ काठमाडौं । साझा यातायात सहकारीले प्रभावकारी सेवा तथा पर्यावरणमा सहयोग पुग्ने भन्दै काठमाडौं उपत्यकामा सञ्चालन गर्नेगरी विद्युतीय बस खरिद गर्यो ।
गत असार २३ गतेदेखि उपत्यकाका दुई रुटमा तीन वटा विद्युतीय बस चल्न थाल्यो । तर त्यसपछि थप गरिएका ३७ वटा विद्युतीय बस पार्किङमै थन्किएका छन् ।
साझा यातायात सहकारीले चीनको सी।एचटी।सी।एच।ओ अटोमोबाइल कम्पनीबाट पहिलो चरणमा तीन बस ल्यायो । दोस्रो चरणमा थप ३७ वटा बस खरिद गरेर साझा यातायातले चिनियाँ कम्पनीलाई ६१ करोड रुपैयाँ बुझायो । तर करोडौं खर्च गरेर खरिद गरिएका बस अहिले चल्न सकिरहेका छैनन् ।
विद्युतीय बस खरिद गर्न सरकारले २०७६ सालमै साझा यातायात सहकारीलाई ३ अर्ब रुपैयाँ दिएको थियो । तर ४० वटा बस संचालनका लागि समेत काठमाडौं उपत्यकामा पर्याप्त चार्जिङ स्टेशन बनिसकेको छैन। न पार्किङका लागि पर्याप्त ठाउँ नै छ ।
हाल प्रर्दशनी मार्ग, महाराजगंज, साझा सेवा बल्खु र साझा यातायातको कार्यालयमा चार्जिङ स्टेशन छन् भने प्रहरी कार्यालय समाखुशी, पाटन ढोका ललितपुरमा चार्जिङ स्टेशन जडानको चरणमा छ ।
प्रतिक्रिया