Main News
माओवादी स्थायी समिति बैठक स्थगित
२०७९ माघ २० गते १३:२२

२० माघ २०७९ काठमाडौं । आजका लागि तय नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ ।
आज ३ बजे बस्ने भनिएको बैठक भोलि दिउँसो १ बजेका लागि सारिएको हो । बैठकमा समसामायिक राजनीति, राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयन, पार्टीका स्थायी र पोलिटब्युरो सदस्यको कार्यविभाजन लगायतबारे छलफल हुने तय भएको छ ।
हिजो केहीबेर बसेको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा समस्या आएको बताउनु भएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको अडानले सत्ता गठबन्धन अप्ठेरोमा परेको उहाँको ब्रिफिङ थियो । हिजोको बैठकमा औपचारिक विषयले प्रवेश पाएको थिएन ।
प्रतिक्रिया