Main News

नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरी कारागार चलान

हिमालय टिभी
२०७९ माघ २० गते १३:१९
नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरी कारागार चलान

२० माघ २०७९ कैलाली । नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरीलाई जेल चलान गरिएको छ ।

जिल्ला अदालत कैलालीमा आज बिहान उपस्थित गराइ पूर्जी थमाएर सांसद चौधरीलाई कारागार पठाइएको हो । अब चौधरीले ६ महिना कैद भुक्तान गर्नुपर्ने छ ।

मुलुकी फौजदारी कार्यविधी संहिता ऐन, २०७४ को दफा १५५ मा एक वर्षभन्दा कम कैद बापत रकम तिर्न सकिने व्यवस्था छ । तर चौधरीले त्यसका लागि कुनै निवेदन नदिएकाले पूर्जी दिएर कारागार पठाइएको हो ।

२०६६ सालमा ट्याक्टरमा जलाएको मुद्दामा उनीसहित ३ जनालाई अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । फैसला भएको करिब एक दशकसम्म पनि आरोपित फरार नै थिए ।

दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी एक साताअघि पक्राउ परेका थिए । नागरिक उन्मुक्ति पार्टीले चौधरीको रिहाइको लागि २४ घण्टे अल्टिमेटम दिएको छ। यस अवधिमा चौधरी रिहाइ नभए आन्दोलन गर्ने उन्मुक्तिको चेतावनी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *