Main News

पूर्वकप्तान लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनुवाइ आज

हिमालय टिभी
२०७९ माघ २० गते ९:३४
पूर्वकप्तान लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनुवाइ आज

२० माघ २०७९ काठमाडौं । बलात्कारको अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनुवाइ आज हुँदैछ ।

बालिका बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा दिएको निवेदनमाथि पहिलो सुनुवाइ हुन लागेको हो ।

गत मङ्गलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै दिइएको निवेदनको पेशी आज तोकिएको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ ।

बलात्कार अभियोग लागेपछि नेपाल क्रिकेट सङ्घ (क्यान)बाट निलम्बनमा परेका तत्कालीन कप्तान लामिछाने क्रिकेटलाई पुनःनेपाली क्रिकेट मैदानमा ल्याउने निर्णय भएअनुसार बन्द प्रशिक्षणमा राखिएको छ । क्यानको पोखरामा भएको बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *