Main News

पक्राउ परेका सांसद् चौधरीलाई जिल्ला अदालतमा पेस गर्ने तयारी

हिमालय टिभी
२०७९ माघ २० गते ८:५८
पक्राउ परेका सांसद् चौधरीलाई जिल्ला अदालतमा पेस गर्ने तयारी

२० माघ २०७९ बाँके । बाँकेबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सदस्य अरुण चौधरीलाई आज जिल्ला अदालत कैलालीमा पेस गर्ने तयारी गरिएको छ ।

हिजो पक्राउ परेका उनलाई राति काठमाडाँै हुँदै धनगढी पु-याइएको छ । चौधरीलाई प्रहरीले गएराति जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा राखेको छ ।

२०६६ सालमा लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनालाई २०७० साल वैशाख ९ गते ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउनु भन्दै फैसला सुनाएको थियो ।

आफ्नो कैद भुक्तान नगरेका चौधरीलाई प्रहरीले अस्ति पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरी जिल्ला अदालत पेस गर्ने तयारी गरिरहेका बेला नागरिक उन्मुक्ति पार्टीले भने उनको रिहाइको माग गर्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *