Main News

भारतले घटायो नेपाललाई दिने अनुदान सहायता

हिमालय टिभी
२०७९ माघ १८ गते १५:०१
भारतले घटायो नेपाललाई दिने अनुदान सहायता

१८ माघ २०७९ काठमाडौं । भारतले नेपाललाई दिने अनुदान सहायता घटाएको छ ।

वित्त वर्ष २०२३–२४ का लागि वित्तमन्त्री निर्मला सीतारमणले प्रस्तुत गरेको युनियन बजेटमा नेपाललाई दिने अनुदान सहायता रकम घटाएको हो ।

तथ्यांक अनुसार यस वर्षका लागि भारतले नेपाललाई ५ अर्ब ५० करोड भारु दिने भएको छ । गत आर्थिक वर्षमा भारतले नेपालका लागि ७ अर्ब ५० करोड भारतीय रुपैयाँ विनियोजन गरेको थियो । वित्त वर्ष २०२१–२२ मा ४ अर्ब ४६ करोड भारु विनियोजन भएको थियो ।

वैदेशिक अनुदानमा भारतले सबैभन्दा धेरै भुटानका लागि खर्च गर्ने भएको छ । यस वर्ष भुटानले २४ अर्ब भारु सहायता पाउने भएको छ । अफगानिस्तानले २ अर्ब पाउने भएको छ ।

बंगलादेशलाई २ अर्ब, श्रीलंकालाई १ अर्ब, माल्दिभ्सलाई ४ अर्ब, म्यानमारलाई ४ अर्ब र मंगोलियालाई ७ करोड भारु सहायता दिने भएको छ । अफ्रिकी मुलुकहरुलाई २ अर्ब ५० करोड छुट्टाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *