नेपाल भ्रष्टाचार गर्ने मुलुकको सूचीको ११० औँ स्थानमा (भिडियो रिपोर्टसहित)
![नेपाल भ्रष्टाचार गर्ने मुलुकको सूचीको ११० औँ स्थानमा (भिडियो रिपोर्टसहित)](https://www.himalayatv.com/wp-content/uploads/2023/01/nepal-bhrastachar-coruption.jpg)
१७ माघ २०७९ काठमाडौं । नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११० औँ स्थानमा परेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज पत्रकार सम्मेलन गरी भ्रष्टाचार अवधारणा सूचाकाङ्क २०२२ को प्रतिवेदन सार्वजनिक गर्दै नेपाल ११०औं स्थानमा परेको जानकारी दिएको हो । सन् २०२१ मा ३३ अंक पाउँदै नेपाल ११७ औं स्थानमा थियो ।
नेपालले भ्रष्टाचार अवधारणा सूचकाङ्कमा ३४ अंक प्राप्त गरेको छ । सन् २०१२ पछिको एक दशकमा नेपालले दोस्रो पटक सबैभन्दा धेरै अर्थात् ३४ अंक पाएको हो । यसअघि सन् २०१९ मा पनि नेपालले ३४ अंक प्राप्त गरेको थियो ।
पत्रकार सम्मेलनमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका महासचिव मदनकृष्ण शर्माले भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने प्रणाली नै कमजोर भएकाले भ्रष्टाचार मौलाउँदै गएको बताउनुभयो ।
भ्रष्टाचार अवधारणा सूचकाङ्कअनुसार ५० भन्दा कम अंक प्राप्त गर्नुलाई नकारात्मक रुपमा लिइन्छ । सन् २०२२ मा दक्षिण एसीयाली देशमा भुटानले मात्रै ५० भन्दा बढी अंक प्राप्त गरेको छ । भुटानले ६८ अंक प्राप्त गरेको छ ।
यस्तै मालदिभ्सले ४०, भारतले ४०, श्रीलंकाले ३६ अंक प्राप्त गरेका छन् । सूचकाङ्कअनुसार ९० अंक प्राप्त गरी डेनमार्क सबैभन्दा कम भ्रष्टाचार गर्ने देशमा परेको छ । १२ अंक प्राप्त गरेर सोमालिया सबैभन्दा बढी भ्रष्टाचार गर्ने देशमा परेको छ ।
प्रतिक्रिया