Main News

चर्चित रियालिटी शो हिमालय रोडिजको जिडिटल अडिसन शुरु (भिडियो रिपोर्टसहित)

हिमालय रोडिज : के छ नयाँ सिजनमा?

हिमालय टिभी
२०७९ माघ १६ गते २०:४८
चर्चित रियालिटी शो हिमालय रोडिजको जिडिटल अडिसन शुरु (भिडियो रिपोर्टसहित)

१६ माघ २०७९ काठमाडौं । हिमालय टेलिभिजनको चर्चित रियालिटी शो हिमालय रोडिजको सिजन फाइभ छिटै प्रशारण हुँदैछ ।

युवापुस्ताको रोजाईमा पर्दै आएको हिमालय रोडिजको डिजिटल अडिसन आजैबाट सुरु भएको छ । प्रत्येक सिजनमा दर्शकमाझ नयाँपन प्रस्तुत गर्दै आएको रोडिजको यो सिजनमा नयाँपन के छ त ? हेरौं यो रिपोर्ट ।

हिमालय रोडिजको पाँचौं सिजनमा टेलिभिजन पर्सन्यालिटी तथा अभिनेता सुरजसिंह ठकुरी होस्टका रुपमा आबद्ध हुनुभएको छ ।

सोमबार अभिनेता ठकुरी र कार्यकारी निर्माता सहेन्द्र श्रेष्ठकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएसँगै ठकुरी औपचारिक रुपमा हिमालय रोडिजमा जोडिनुभएको हो । कार्यक्रमको पृथकतालाई थप उचाइ प्रदान गर्नेमा आफ्नो मुख्य भुमिका रहने होस्ट ठकुरीले बताउनुभएको छ ।

छायांकनको तयारीमा रहेको शाहासिक रियालिटी शो हिमालय रोडिजले सोमबारबाट डिजिटल अडिसन पनि सुरु भएको छ । डिजिटल अडिसन खुल्ला भएसँगै इच्छुक प्रतियोगिहरुले हिमालय रोडिजको एपसँगै भाइबर, वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत पनि अडिसन दिन सक्नेछन् ।

चौथो सिजनदेखि निर्देशकका रुपमा जोडिनुभएका सिमोस सुनुवार पाँचौं संस्करणमा पनि निरन्तरता दिनु भएको छ । निर्देशक सुनुवारका अनुसार पाचौं सिजन अघिल्ला सिजनभन्दा पृथक र रोमाञ्चक हुनेछ ।

पाँचौं सिजनका ग्याङ्ग लिडर परिवर्तन हुने चर्चा चलेपनि आजको कार्यक्रममा त्यस्तो कुनै घोषणा भएन । यसअघि चौथो सिजन सम्म भने अनुपविक्रम शाही, आशिष राना लाहुरे, दीया मास्के र समन श्रेष्ठले ग्याङ्ग लिडरको भूमिकामा निर्वाह गर्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *