Main News

कर्णाली प्रदेशको मुगु, हुम्ला र जुम्लावासी किन बने भ्रामक हल्लाको शिकार? (भिडियो रिपोर्टसहित)

२०७९ माघ १६ गते १६:२१
कर्णाली प्रदेशको मुगु, हुम्ला र जुम्लावासी किन बने भ्रामक हल्लाको शिकार? (भिडियो रिपोर्टसहित)

१६ माघ २०७९ मुगु । कर्णाली प्रदेशको मुगु, हुम्ला र जुम्लावासी अहिले भ्रामक हल्लाको शिकार भएका छन् ।

भूकम्प आउने सक्ने भन्दै गलत हल्ला फैलिएपछि मुगुवासी अहिले खुलामैदानमा रातभर जाग्राम बसे बाहिरै आगो बालेर मुगुवासी भूकम्पको त्रासमा रात कटाउन बाध्य भए । तर हल्ला फैलाउनेलाई भने अहिलेसम्म प्रशासनले कारवाही गर्न सकेको छैन ।

आइतबार रातको १ बजे । भूकम्प आउँदैछ भन्ने मुगुमा एकाएक हल्ला फैलियो । भूमीमा कम्पन निश्चित अवधि र समयपछि हुन्छ भन्ने नबुझेका मुगुका लागि त्यति हल्ला नै काफी थियो । सबै घरबाट बाहिर निस्किए । बाहिर आगो बाले । र, खुला आकाशमा रात कटाए ।

मानिसहरु भूकम्पको त्रासले घरबाहिर खुला मैदानमा बसेको देखेपछि स्थानीय प्रशासनले भूकम्पको भ्रम फैलाउने व्यक्तिको अनुसन्धान सुरु गरेको जनाएको छ । तर को व्यक्ति,कहाँबाट, कसरी हल्ला फैलाउन थालियो भन्ने पत्ता लागिसकेको छैन ।

माइनस डिग्रीको चिसोमा मानिसि एकाएक घरबाहिर निस्कनुले उनीहरुको स्वास्थ्यमा समस्या आउन सक्ने देखिएको छ । केहीले भूकम्प आउने वा जाने नहुने भन्दै भ्रममा नपर्न आग्रह गरेका थिए ।

तर, भ्रमपूर्ण सूचना यसरी फैलिएको थियो भ्रममा नपर्न गरिएको आग्रहले कसैले सुनेनन् । भूकम्प आउने हल्ला फैलाउनेलाई कारबाही हुनुपर्ने मुगुवासीको माग छ ।

भूकम्प आउने भन्दै नागरिक घरबाहिर निस्कन थालेपछि प्रहरी प्रशासनलाई टेलिफोन गरेर जानकारी लिने बढेका थिए । स्थानीय प्रशासनले यो हल्ला निराधार भएको भन्दै ढुक्कसँग बस्न आग्रह गरेको थियो । तर, अहिलेसम्म पनि भ्रम फैलाउने व्यक्तिलाई पक्राउ गर्न प्रशासन असफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *