Main News

अमेरिकी उपमन्त्री न्यूल्याण्डले आजदेखि उच्चस्तरीय भेटवार्ता गर्दै

हिमालय टिभी
२०७९ माघ १६ गते ८:५१
अमेरिकी उपमन्त्री न्यूल्याण्डले आजदेखि उच्चस्तरीय भेटवार्ता गर्दै

१६ माघ २०७९ काठमाडौं । नेपाल भ्रमणमा आउनु भएका अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया न्यूल्यान्डले आजबाट उच्चस्तरीय भेटघाट सुरु गर्नुहुने भएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार अमेरिकी उपमन्त्री न्यूल्यान्डले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने तयारी रहेको उहाँको भनाइ छ ।

अमेरिकी विदेश मन्त्रालयमा ३३ वर्ष कार्यानुभव भएकी न्युल्याण्डले जर्ज डब्ल्यु बुस र बाराक ओबामा प्रशासनमा पनि महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *