Main News

महागरको गतिविधिले असन्तुष्ट काठमाडौं (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ १५ गते २०:५०
महागरको गतिविधिले असन्तुष्ट काठमाडौं (भिडियो रिपोर्टसहित)

१५ माघ २०७९ काठमाडौं । व्यक्तिको सम्पत्ति र सांस्कृतिक सम्पदामा डोजर चलाउन थालेपछि काठमाडौं महानगरको मनोमानीविरुद्ध आन्दोलन सुरु भएको छ ।

आइतबार काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समितिलगायत विभिन्न संघ सरोकारवाल संघसंस्थाले प्रदर्शन गरेका हुन् ।

उपत्यकाका विभिन्न स्थानमा अवैध संरचनामा डोजर चलाउँदा चलाउँदै काठमाडौं महानगरपालिका नीजि सम्पत्तिमा प्रवेश गरेपछि काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समिति आन्दोलनमा उत्रिएको हो । आइतबार दिउँसो माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरेर महानगरपालिका विरुद्ध उनीहरुले दवाव सुरु गरेका छन् ।

विनासूचना र कानून विपरित व्यक्तिका नीजि सम्पत्तिमा डोजर चलाएर आतंक मच्चाउन थालेपछि आन्दोलित हुनुपरेको उनीहरुको भनाइ छ । सुरुमा रैथाने नेवारहरुको संरक्षण र यहाँका संस्कृति–सम्पदाको संरक्षण गर्ने नारा दिएर मेयरमा बिजयी भएका मेयर बोलेन्द्र शाहले जनमतकै अपमान गरेको यहाँका प्रदर्शनमा उत्रिएका नागरिक अगुवाको भनाइ छ ।

उनीहरुले आफ्नो माग सम्बोधन नभएसम्म शान्तिपूर्ण धर्ना दिने अडान लिएका छन् । यो आन्दोलन कुनै निश्चित समुदायका लागि मात्रै नभएर काठमाडौं उपत्यकामा बसोवास गर्ने सबैको हितका लागि भएको आन्दोलनरत पक्षको भनाइ छ ।

गत बैशाखमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका शाहले निजी सम्पत्तिमा डोजर चलाएको, सम्पदामा अतिक्रमण गर्न खोजेको आरोप लाग्दै आएको छ । शाहको निर्देशनमा खुल्लामञ्जमा पार्किङ बनाउने प्रयास भएको, टुकुचा खन्ने काम गरेको र निजि सम्पत्ति भत्काउने प्रयास गरेको भन्दै काठमाडौंका स्थानिय रुष्ट बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *