Main News

कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामी चरम आर्थिक मारमा (भिडियो रिपोर्टसहित)

२०७९ माघ १५ गते २०:४५
कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामी चरम आर्थिक मारमा (भिडियो रिपोर्टसहित)

१५ माघ २०७९ काठमाडौं । सरकारले कलेजो प्रत्यारोपणमा आर्थिक सहयोग दिँदा प्रत्यारोपण गर्नुपर्ने बिरामीले राहत महसुस गरिरहेका छन् । तर प्रत्यारोपणका लागि सबैभन्दा मंहगो पर्ने कलेजोको हकमा भने सरकारले आर्थिक सहयोग गर्दैन ।

कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामीहरु पनि सरकारबाट मिर्गौला प्रत्यारोपणमा जस्तै सहयोग प्राप्त होस् भन्ने चाहन्छन् ।

काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा कैलालीका नन्दराज खनालको केही हप्ता अगाडि कलेजो प्रत्यारोपण भयो । कलेजो प्रत्यारोपण गर्न करिब ३५ लाख रुपैयाँ खर्च भयो । कलेजोको सफल प्रत्यारोपण हुँदा नन्दराजको परिवार खुसी त छ । तर प्रत्यारोपणका लागि लिइएको ऋण कसरी तिर्ने भन्ने चिन्ता पनि उत्तिकै छ ।

नन्दराजको परिवारले त ऋण काडेर र भएको जायजेथा बेचेर उपचार खर्च जुटायो । कतिपय यस्ता व्यक्ति पनि उपचारका लागि आउने गर्छन् । जस्को न जायजेथा छ, न ऋण काड्न सक्ने अवस्था नै । यस्ता व्यक्ति खर्चकै अभावमा कलेजो प्रत्यारोपण नगरी अस्पतालबाट फर्कने गरेका छन् ।

लेजो प्रत्यारोपण, सबै भन्दा महंगो अंग प्रत्यारोपण हो । प्रत्यारोपणको लागि धेरै विज्ञको आवश्यक पर्ने, महंगो औषधी, महंगो उपचार विधि हुने भएकाले कलेजो प्रत्यारोपण अन्य अंग प्रत्यारोपण भन्दा महंगो छ । त्यसैले कलेजो प्रत्यारोपणमा सरकारले सहुलियत वा अनुदान दिनुपर्ने चिकित्सकको सुझाव छ ।

नेपालमा कलेजो प्रत्यारोपण गर्नुपर्ने विरामीको एकिन तथ्याकं नभए पनि वार्षिक दुई सयको हाराहारीमा कलेजो प्रत्यारोपण गर्नुपर्ने विरामी हुने अनुमान छ। नयाँ सरकारले पटक पटक भनिरहेको छ, हामी यो पटक कुरा कम गर्ने र काम बढी गर्ने उदेश्य सहित आएका हौं । तर नागरिकका यी समस्याहरु पहिचान गरी सहयोग गर्ने कुरामा कति तत्पर हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *