Main News

सांसदहरुले संसदको क्यालेण्डर बनाउन गरे माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ १५ गते १८:११
सांसदहरुले संसदको क्यालेण्डर बनाउन गरे माग  (भिडियो रिपोर्टसहित)

१५ माघ २०७९ काठमाडौं । सांसदहरुले संसदको क्यालेण्डर बनाउन माग गरेका छन् ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले संसद क्यालेन्डर नहुँदा कुनै बैठक एजेण्डा बिहीन र सांसदहरुको उपस्थिति पनि कम हुने गरेकाले क्यालेन्डर अनिर्वाय गर्न माग गरेका हुन् ।

क्यालेण्डर अभावले आफ्नो व्यक्तिगत कामसमेत गर्न नपाएपछि सांसदहरू बैठक छाडेर हिँड्ने गरेको उनीहरुको तर्क छ ।

आजको बैठकमा संसदको अधिवेशन आह्वान र अन्त्य, सांसदहरुको उपस्थिति र बैठकको संचालन तथा स्थगन सम्बन्धी छलफल भएको थियो । भोलि बस्ने बैठकमा यसबारे थप विस्तृत छलफल हुनेछ ।

संसदीय समिति र संसद बैठकको समयको टुंगो नहुँदा कतिपय बेला मन्त्रीहरुले समितिलाई पन्छाउने गरेका छन्। यति मात्र होइन मन्त्रिपरिषद् र संसद बैठकसमेत जुध्ने गरेकोप्रति सांसदहरुले चासो देखाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *