Main News

मौलिक हक व्यवहारमा उतार्न सक्ने ऐन बन्न नसक्नु दुखद् : प्रधानमन्त्री प्रचण्ड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ १५ गते १७:५७
मौलिक हक व्यवहारमा उतार्न सक्ने ऐन बन्न नसक्नु दुखद् : प्रधानमन्त्री प्रचण्ड (भिडियो रिपोर्टसहित)

१५ माघ २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकका मौलिक अधिकारलाई व्यवहारमा उतार्नका लागि आवश्यक ऐन बन्न नसक्नु दुःखद् भएको बताउनुभएको छ ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७ औं वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री प्रचण्डले मौलिक अधिकारलाई जीवन, व्यवहारमा उतार्नको लागि ऐन, निर्माण प्रक्रियालाई यथाशिघ्र अघि बढाउने प्रतिवद्धत व्यक्त गर्नुभयो ।

उहाँले मुटु रोगसँग सम्बन्धित उपचारलाई पनि सातै प्रदेशका अस्पतालसँग जोड्ने कुरालाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले देशमा धेरै समस्याको समाधान गर्नुपर्ने चुनौति रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *