Main News

विद्युत सर्टबाट हुने आगलागीबाट कसरी बच्ने ? (भिडियो रिपोर्टसहित)

२०७९ माघ १५ गते १६:१३
विद्युत सर्टबाट हुने आगलागीबाट कसरी बच्ने ? (भिडियो रिपोर्टसहित)

१५ माघ २०७९ बाँके । मुलुकमा भएका अधिकांश आगलागीपछिका कारण भनेको विद्युत सर्ट हुने गरेको छ । अव्यवस्थित तार, विद्युत व्यवस्थापन हुन नसक्दा नै सर्ट भएर आगलागी हुने गरेको छ ।

बाँकेमा यो क्रम बढेसँगै नेपालगञ्ज उपमहानगरपालिकाले विद्युत सर्टबाट आगलागी हुन नदिन घरघरमा गएर सचेतना अभियान सञ्चालन गरेको छ ।

विद्युत सेवाको पहुच बढेसँंगै विद्युत सर्ट भएर आगलागीको जोखिम पनि बढ्दै गएको छ । बाँकेमा हुने आगालगी मध्ये करिब ३८ प्रतिशत विद्युत सर्ट भएर हुने गरेको छ । विद्युत सर्ट भई उद्योग तथा पसलमा आगलागी हुदा वर्षेनी करोडौँको क्षति हुने गरेको छ ।

विद्युत सर्ट भई धनजनको क्षति हुने क्रम बढेसँगै नेपालगञ्ज उप महानगरपालिकाले नेपाल रेडक्रस सोसाइटी लगायत बिभिन्न संघ संस्थासंँग सहकार्य गरेर समुदाय स्तरमा सचेतना अभियान सुरु गरेको छ ।

नगरपालिका र विद्युत प्राधिकरणका प्राविधिक गाउँबस्ती मै पुगेर विद्युत भई आगलागी हुनुका कारण र त्यसबाट बच्नका लागि अपनाउनु पर्ने उपायका बारेमा चेतना फैलाउन सुरु भएको छ ।

इन्चार्ज, नोलाइट शाखा, विद्युत वितरण केन्द्र, नेपालगञ्ज
अहिले उपमहानगरपालिकामा विद्युत सर्ट भई आगलागी हुँदा के गर्ने र के नगर्ने भन्ने उपाय प्राबिधिकले सिकाइरहेका छन् ।

प्रमुख, दमकल शाखा, नेपालगञ्ज उपमहानगरपालिका, बाँके
न्युन गुणस्तरका तार तथा बिद्युतीय सामग्रीको प्रयोग, तारको क्षमता भन्दा बढी लोड भएका विद्युतीय उपकरणको प्रयोगका साथै र सिकारु प्राविधिकबाट घर तथा उद्योगमा वाइरिङ गर्दा विद्युत सट भई आगलागी हुने जोखिम हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *