Main News

अमेरिकी उपविदेशमन्त्री नुल्याण्ड आज नेपाल आउँदै

हिमालय टिभी
२०७९ माघ १५ गते ९:३९
अमेरिकी उपविदेशमन्त्री नुल्याण्ड आज नेपाल आउँदै

१५ माघ २०७९ काठमाडौं । अमेरिकाको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज नेपाल आउँदै हुनुहुन्छ ।

दुई दिने भ्रमणका लागि नेपाल आउन लाग्नुभएका उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई पौड्यालसहितका नेतासँग राजनीतिक भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।

नयाँ गठबन्धनको सरकार बनेपछि उहाँको यो पहिलो काठमाडौं भ्रमण हो । केही दिनअघि परराष्ट्रमन्त्री पौड्यालसँगको भेटमा अमेरिकी राजदूत डिन थम्पसनले नुल्याण्डको भ्रमणबारे जानकारी गराउनुभएको थियो ।

नुल्याण्डले अमेरिकाका तीन राष्ट्रपतिहरूसँग निकट रहेर काम गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *