Main News

स्वयम्भूमा ट्याङकर र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

हिमालय टिभी
२०७९ माघ १५ गते ९:०७
स्वयम्भूमा ट्याङकर र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

१५ माघ २०७९ काठमाडौं । काठमाडौँको स्वयम्भूमा ट्याङकर र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।

गएराति नयाँ पुल चौमतीमा प्रदेश ३–०१–००३०–७५१२ नम्बरको डिजल बोक्ने ट्याङ्करको र बा ८१ प १७८६ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक काठमाडौँ महानगरपालिका–२४ का ५५ वर्षका नरेन्द्रमुनि बज्राचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका उहाँको उपचारका क्रममा मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा मृत्यु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *