राजनीति

जनमत पार्टीको नियति : चाहेको पाएन, जे पायो चित्त बुझायो (भिडियो रिपोर्टसहित)

२०७९ माघ १४ गते २१:१६
जनमत पार्टीको नियति : चाहेको पाएन, जे पायो चित्त बुझायो (भिडियो रिपोर्टसहित)

१४ माघ २०७९ धनुषा । मंसिर ४ मा सम्पन्न निर्वाचनमा मधेशमा उदाएको दल हो, जनमत पार्टी । मधेश केन्द्रित राजनीति गर्दै आएका पुराना दललाई पछि पार्दै जनमतले हासिल गरेको सफलताले मधेश प्रदेशको सरकारको चावी पनि उसकै हातमा पुग्यो । तर, सत्तारुढ दलमा भएको सहमति अनुसार प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने निर्णय भयो ।

केन्द्रदेखि प्रदेशसम्म सत्तारुढ दललाई सहयोग गरेको भएपनि जनमतले कतै पनि इच्छाए अनुसारको मन्त्रालय पाएन । सत्तामा जाने चाहना पनि राख्न खोजेको मन्त्रालय नपाउँदा पनि विवश हुँदै चित्त बुझाउनु जनमतको नियति बनेको छ ।

जनमत पार्टीका अध्यक्ष डा। सिके राउतले निर्वाचन जितेर संघीय राजनीतिमै प्रवेश गरेको केही दिनमै विरक्त हुने स्ट्याटस लेख्नुभयो । राजनीतिप्रति वितृष्णा भएको राउतको अभिव्यक्तिले संघदेखि प्रदेशसम्म सोचे अनुसारको सत्ता प्राप्त नहुने कुरालाई आकलन गर्न सकिन्थ्यो । तर, पछिल्ला दुई घटनाले भने राउतको स्ट्याटसलाई पुष्टि गरेको छ ।

संघीय सरकारमा उद्योग बाणिज्य र आपुर्ती वा कृषि मन्त्रालयको आश गरेर विश्वासको मत दिएको जनमतले अन्ततः खानेपानी मन्त्रालय पायो । रोजेको मन्त्रालय नपाएको भन्दै शपथ लिएको एक सातासम्म पनि मन्त्री अब्दुल खाँ मन्त्रालय पुगेनन् । तर, अडान धेरै दिन टिक्न सकेन र मियाँले कार्यभार सम्हाल्नु पर्‍यो ।

मधेश प्रदेशमा पनि पुष २९ गते जसपाका मुख्यमन्त्री सरोजकुमार यादवसंगै विना विभागीय मन्त्रीको शपथ लिएका बसन्त कुशवाहा दलीय सहमति अनुसार समाजिक विकास मन्त्री बस्ने क्वाटरमा बस्दै आउनुभएको थियो । तर, कार्यविभाजनमा कुशवाहाले भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनुभयो ।

अडान लिँदा पनि कसैले नसुनेपछि जनमत पार्टी बाध्य भएर दिएको मन्त्रालयमा बस्न बाध्य छ । तर, कुशवाहाले भने खोजेको मन्त्रालय आफूले पाउने दावी गर्दै आउनुभएको छ ।

सत्ता लिप्साकै कारण जसपा, लोसपा लगायत आफूलाई मधेशको मसिहा ठान्ने दलहरूले चुनावमा अनपेक्षित परिणाम भोगे । चर्चित पात्र पराजित भए । अहिले जनमत पार्टीले पनि मधेशमा नयाँ शक्ति बनेर उदाउँदै गर्दा सत्तामै टिक्नेतर्फ लाग्नुले जनमत पनि अन्य दलकै अवस्थामा पुग्ने आकलन सुरु भएको छ । तर, सत्तामा नपुगी केही गर्न नसकिने भन्ने कतिपयको भनाइलाई आधार मान्दा जनमत सरकारमा जानुको विकल्प नभएको जानकार बताउँछन् ।

अझै पनि जनमत पार्टी मधेशमा विकल्प बनिसकेको छैन । सत्ता, सरकार भन्दा मधेशका नागरिकको दैननदिनका समस्या समाधान गर्न सकेमा मात्रै मधेशले जनमतलाई आफ्नो अन्तिम मत मान्न सक्छन् । तर, त्यसका लागि अडान, सिद्धान्त भन्दा बाहिर जान नहुने जनमत पार्टीलाई मधेशवासी दलको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्